सभामुखका उम्मेदवार न्यौपानेलाई मतदान गर्न कांग्रेसको ह्विप


     एभरेस्ट आवाज    
     माघ ४ गते २०७९ मा प्रकाशित




फाइल फोटो

काठमाण्डौं । नेपाली कांग्रेसले सभामुख पदका आफ्नो पार्टीका उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई मतदान गर्न ह्विप जारी गरेको छ ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आज पार्टीका सांसदहरुलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र उम्मेदवार न्यौपानेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा मतदान गर्न तथा देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका विपक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन् ।

भोलि माघ ५ गते बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा नेपालको संविधानको धारा ९१ एवं प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम सभामुखको निर्वाचनसम्बन्धी उक्त प्रस्ताव प्रस्तुत हुँदैछ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।