फाइल तस्विर ।
काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा पार्टीको वैचारिक नीति निर्माण समिति गठन गरिएको छ ।
यो समितिले पार्टी निर्माणको मूल दिशाको बारेमा दस्तावेज मस्यौदा तयार गर्ने उक्त समितिको सदस्यमा महासचिव बेदुराम भुसाल, उपमहासचिवहरू जगन्नाथ खतिवडा, गङ्गालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल छन् ।
यसैगरी समितिमा राजेन्द्र राई, रामकुमारी झाक्री, सावित्रा भुसाल र गणेश विक सदस्य छन् । समितिले निर्माण गर्ने पार्टीको सिद्धान्त, आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक मूल नीति, कार्यक्रम निर्माण गरेपछि त्यसलाई पार्टीको केन्द्रीय बैठकले पारित गरी कार्यान्वयन गर्नेछ ।
पार्टीको दस्तावेज मस्यौदा समितिले पार्टी केन्द्रीय कार्यालयमा आज आयोजना गरेको कार्यक्रममा पार्टी जनसङ्गठनका अध्यक्ष र महासचिवहरू, विभिन्न विभागका प्रमुख, उपप्रमुख र सचिव, विभिन्न फाटका इञ्चार्जको संयुक्त छलफलबाट नेता खनालको संयोजकत्वमा समिति गठन गरिएको हो ।
अध्यक्ष खनालले कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाउन आफ्नो पार्टीले प्रष्ट वैचारिक नीति अवलम्बन गर्ने बताउँदै तत्काल नेकपा (एमाले) सँग एकता असम्भव रहेको बताए । पाँच जना सदस्यबाट निर्माण भएको कम्युनिष्ट पार्टी लामो मेहनत र सङ्घर्षले अहिले यहाँसम्म आइपुगेको बताउँदै उनले भने, “ विद्रोहको औचित्य पुष्टि नभइकन उनीहरूसँग अहिले एकताको मोर्चा बनाउने अवस्था छैन ।”
पूर्वप्रधानमन्त्री चुनावमा प्रत्यक्षतर्फ चौथो भएको पार्टी केही प्राविधिक कारणले राष्ट्रिय मान्यता पाउन नसकेको भए पनि कार्यकर्ता आत्तिनुपर्ने तथा निराश हुनुपर्ने अवस्था नरहेको प्रष्ट पारे । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







