पोखरा । पोखरा महानगरपालिका वडा नं. ११ स्थित सिद्धेश्वर महिला समूहको अध्यक्षमा कमला अधिकारी बास्तोला निर्वाचित भएकी छन् ।
समूहको २०औं साधारणसभा तथा नवौं अधिवेशनले बास्तोलालाई दुई वर्षको कार्यकालका लागि सर्वसम्मत निर्वाचित गरेको हो ।
समूहको उपाध्यक्षमा दुर्गा बास्तोला, सचिवमा जमुना बास्तोला, कोषाध्यक्षमा रजनी पौडेल बास्तोला र सहसचिवमा मञ्जु अधिकारी निर्वाचित भए ।
यस्तै, सदस्यहरूमा विद्या बास्तोला, सरिता अधिकारी, सावित्री बास्तोला, रजनी बास्तोला, लक्ष्मी बास्तोला, गीता बास्तोला, भगवती आचार्य, भगवती चिलवाल, पार्वती बास्तोला, सीता बास्तोला, हरिमाया बास्तोला र वसुन्धरा बास्तोला छन ।
अधिकृत नन्दप्रसाद आचार्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।
यसअघि साधारणसभा तथा अधिवेशन उद्घाटन गर्दैै पोखरा–११ का वडाध्यक्ष प्रेम कर्माचार्यले महिला समूहले समाज र महिला हक अधिकार, जनचेतना र महिलामा जागरणका लागि महत्वपूर्ण योगदान पुर्र्याएको बताए ।
उनले महिलाहरुको सवलिकरण र सशक्तिकरणको सवालमा संस्थाले पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनमा यस्ता कार्यले निरन्तरता पाउनेमा विश्वस्त रहेको बताए ।
कार्यक्रमा वडासदस्य शुशिल बास्तोला, रनसुवा गुरूङ, समूहकी संस्थापक अध्यक्ष शारदा बास्तोला, पूर्व अध्यक्ष रेवती बास्तोला, फूलवारी क्लवका अध्यक्ष हरिश्चन्द्र बास्तोला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समूहकी अध्यक्ष उमा बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कमला अधिकारी बास्तोलाले स्वागत, सचिव दुर्गा बास्तोलाले कार्यक्रम सञ्चालन गरेका थिए ।
साथै अध्यक्ष उमा बास्तोला, सचिव दुर्गा बास्तोला र कोषाध्यक्ष संगीता आचार्यद्वारा प्रस्तुत प्रतिवेदन सभाले सर्वसम्मत पारित गरेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्कीको माछापुछ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदको…







