माओवादी स्थायी कमिटी बैठक फेरि स्थगित


     एभरेस्ट आवाज    
     माघ २० गते २०७९ मा प्रकाशित




नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि सरेको छ ।

प्रधानमन्त्री प्रचण्डको व्यस्थता शुक्रबार दिउँसो ३ बजे बोलाइएको बैठक प्रधानमन्त्रीको व्यस्थताका कारण शनिबार दिउँसो १ बजेसम्मलाई सारेको माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

बिहीबार बोलाइएको बैठक एजेन्डामै प्रवेश नगरी स्थगित भएको थियो । यही माघ १२ गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक पटक–पटक बस्दै सर्दै आएको छ । बैठकले पार्टी एकता, नेताहरुको कार्यविभाजन लगायतका बिषयमा निर्णय लिने बताइको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।