फाइल तस्विर
पोखरा, फागुन ४
पोखराको एक फर्निचर उद्योगमा गएराती आगलागी भएको छ । पोखरा औद्योगिक क्षेत्रको पछाडीपट्टी रहेको पाल्पा भैरव फर्निचर उद्योगमा आगलागी भएको हो । राती करीब १२ बजेतिर भएको आगलागीका कारण फर्निचर उद्योग जलेर नष्ट भएको छ ।
उद्योगमा आगलागी हुँदा २ जना मजदुर घाईते भएको पाल्पा भैरव फर्निचर उद्योगका सञ्चालक दीपककुमार कार्कीले जानकारी दिए । आगलागीमा परि उद्योगकै आवासमा बस्दै आएका मजदुर राहुल गुरुङ र आशिष गुरुङ घाईते भएका छन् । घाईतेमध्ये राहुलको गण्डकी मेडिकल कलेज (जिएमसी)मा र आशिषको ग्यालेक्सी हस्पिटलमा उपचार भईरहेको छ । जलेर घाईते राहुलको अवस्था मध्यम भएपनि उनलाई आईसियूमा राखेर उपचार भईरहेको कार्कीले जानकारी दिए । अर्का घाईते आशिषको पछाडीपट्टीको भाग जलेको र उनको अवस्था सामान्य रहेको उनले बताए ।
उद्योगमा राती ६ जना सँगै सुतेका थिए । आगलागी भएको थाहा पाएपछि अन्य ४ जना भने पर्खाल नाघेर भाग्न सफल भएका कारण सकुशल रहेको बताइएको छ ।
आगलागीका कारण उद्योगमा रहेका सबै फर्निचर जलेर नष्ट भएको कार्कीले जानकारी दिए । स्टक धेरै भएका कारण क्षेती धेरै पुगेको उनले बताए । उनका अनुसार आगलागीका कारण करीब २ करोड नोक्सानी भएको छ ।
राती सुतेको बेला आगलागी भएकाले विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । कास्की प्रहरीले घटनाको मुचुल्का तयार पारिसकेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







