‘पोखरा अन्र्तराष्ट्रिय विमानस्थलबाट पृथ्वीचोकसम्म विमानस्थलकै गाडी चलाउने कुरा भइरहेको छ’


     एभरेस्ट आवाज    
     फागुन ४ गते २०७९ मा प्रकाशित




पोखरा, फागुन ५

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पोखरालाई अन्र्तराष्ट्रिय हवाई सञ्जालसँग जोड्नका लागि प्रयास भइरहेको बताएका छन् । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशले विहीबार पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले पोखरालाई अन्र्तराष्ट्रिय सञ्जालसँग जोड्नका लागि विभिन्न देशहरुसँग कुरा भईरहेको बताएका हुन् । पोखरा अन्र्तराष्ट्रिय विमानस्थलको सम्भावना राम्रो छ, उनले भने,‘चीन र भारतका महामहिमहरुसँग मैले कुरा गरेको छु । पोखराको भगिनी सम्बन्ध रहेको चीनको शहर, राजधानी बेईजिङ, तिब्बतका सहरहरुसँग हवाई सम्बन्ध जोड्ने प्रयास भइरहेको छ । त्यस्तै, भारतका विभिन्न सहरसँगपनि हवाई सम्बन्ध जोड्न कुटनीतिक पहल भइरहेको छ ।’ तर यहि मितिबाट अन्र्तराष्ट्रिय उडान हुन्छ भनेर पात्रो हेरेर मिति भने भन्न नसक्ने उनको भनाई छ ।

मन्त्री किराँतीले हवाई सम्बन्ध बिस्तारका लागि कुटनीतिक पहल भईरहेपनि परिणाम भने आउन समय लाग्न सक्ने बताए । ‘नागरिक उड्डयन प्राधिकरण समस्याको चाङमाथि छ । जादूको छडी होईन कि भन्ने वित्तिकै रिजल्ट आओस् । तैपनि चाँडै रिजल्ट आउने विश्वास छ’–उनले भने ।

मन्त्री किराँतीले पोखरा विमानस्थलमा आउजाउ गर्न पर्यटकलाई अप्ठेरो परेको गुनासो आएको आफूले सुनेको बताए । यसको समाधानका लागि आफूले पोखरा अन्र्तराष्ट्रिय विमानस्थलबाट पृथ्वीचोकसम्म विमानस्थल आफैले सवारी साधन सञ्चालन गर्नेबारे छलफल भइरहेको उनले बताए । ‘सायद चाँडै निर्णय होला’–उनले भने ।

मन्त्री किराँतीले राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमका पदाधिकारीलाई आफूले बिजनेस प्लान दिन निर्देशन दिइसकेको बताए । म प्राविधिक होईन, कहाँ मुसाले काट्यो ? कहाँ कति क्षेति पु¥यायो भनेर हेर्ने,उनले थपे,‘मैले निर्देशन दिइसकेको छु कि मलाई बिजनेस प्लान चाहियो । राष्ट्रिय ध्वजाबाहक वायु सेवा निगम गौरवको बन्नुप¥यो ।’ उनले हवाई सेवामा सुरक्षाको ज्ञारेण्टी हुने वातावरण निर्माणका लागिपनि निर्देशन दिइसकेको बताए । मैले सुन्छु पाईलटले पार्टपुर्जा फेर्नुप¥यो भन्दापनि एक÷दुई फ्लाईटपछि मात्रै फेरौंला भनेर टार्ने गरेको सुनेको छु,उनले भने,‘तर अब त्यस्तो हुँदैन, हुन दिईंदैन । तोकिएकै मितिमा पार्टपुर्जा फेरिनुपर्छ ।’ उनले काम र परिणाम जनताले देख्ने र बुझ्ने गरि ल्याउन निर्देशन दिएको बताए ।

मन्त्री किराँतीले माघ १ गते यतीको जहाज दुर्घटना भएपछि सो कम्पनीको जहाज चढ्न डराउने मनोविज्ञान भइरहेकाले त्यसलाई तोड्न आफू यतीकै जहाज चढेर पोखरा आएको बताए । उनले भने,‘यो जहाज चढ्न आतंकित, भयभित मनोविज्ञान देखिएको छ । यसलाई चिर्न म यतीकै जहाज चढेर पोखरा आएको छु । दुर्घटना एक पटक भयो भनेर सँधै त्यस्तो हुन्छ भनेर सोंच्नु हुँदैन ।’

फरक प्रसङ्गमा उनले राष्ट्र नै एकढिक्का हुनेगरी राष्ट्रपतिको खोजी भइरहेको बताए । त्यसका लागि सहमतिको प्रयास भइरहेको उनको भनाई थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।