पोखरा, फागुन ७
गण्डकी प्रदेशमा सबैभन्दा धेरै मानव अधिकार उलंघन तनहुँमा हुने गरेको पाइएको छ । मानवअधिकारको क्षेत्रमा कार्यरत संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीले आईतबार तथ्याङ्क सार्वजनिक गर्दै गण्डकीमा सबैभन्दा धेरै तनहुँमा र सबैभन्दा कम हिमाल पारिको जिल्ला मनाङमा मानव अधिकार उलंघटनका घटना भएको जनाएको हो । ईन्सेक गण्डकीका अनुसार सन् २०२२ मा तनहुँमा ११६ वटा मानव अधिकार उलंघनका घटना घटेका छन् । त्यसमध्ये राज्य पक्षवाट ८ जना पुरुष र अन्य पक्षबाट १ सय ८ जना पीडित भएका छन् । गण्डकीमा सबैभन्दा कम हिमालपारिको जिल्ला मनाङमा घरायसी झगडाका दुईवटा घटना भएको ईन्सेक गण्डकीका प्रमुख शिव खकुरेलले जानकारी दिए ।
ईन्सेक गण्डकीका अनुसार गण्डकीमा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट सन २०२२ मा कुल ५ सय ४१ जना पीडित भएका छन् । ती मध्ये राज्यपक्षबाट ४० जना र अन्य पक्षबाट ५ सय १ जना गरी ५ सय ४१ जना पीडित भएको जनाइएको छ । ईन्सेक गण्डकीका प्रमुख खकुरेलका अनुसार यसवर्ष राज्य पक्षबाट ४० जना पुरुष र अन्य पक्षवाट ४ सय ६३ महिला र ३८ पुरुष गरि ५ सय ४१ जना पीडित भएका छन् ।
सन् २०२१ मा गण्डकीमा राज्य पक्षबाट १ जना महिला र ४८ जना पुरुष गरि ४९ जना तथा अन्य पक्षबाट ४ सय ३४ जना महिला र ३० जना पुरुष गरि ४६४ जना पीडित भएका थिए । सबैगरि वर्षभरिमा ५ सय १३ जना पीडित भएका थिए ।
‘सन् २०२१ को तुलनामा सन् २०२२ मा संख्यात्मक हिसावले राज्य पक्षवाट भएका घटनामा केही कमी देखिएको छ भने अन्य पक्षवाट भएका घटनामा ३७ जना बढी छन् । ‘संख्यात्मक रुपमा अघिल्लो वर्ष भन्दा सन् २०२२ मा प्रदेशमा मानवअधिकार हननका घटनामा कमी आएको देखिएप नि यो नै सन्तोषजनक प्रगति होइन,’ खकुरेलले भने, ‘राज्य र अन्यपक्ष संयम हुने हो भने अधिकार हननका घटनामा कमि आउनेछन्।’
सन् २०२२ मा राज्यपक्षबाट भएका घटनामा अभिव्यक्ति, भेला तथा संगठित हुन पाउने अधिकारबाट ३३ जना, गिरफ्तारीका घटनामा ६ जना र लमजुङ कारागारमा मृत्युको घटनामा १ जना गरि ४० जना पीडित भएका छन्। अन्य पक्षबाट ३ जना महिला घाइते, अपहरणमा एकजना महिला, कुटपिटमा ३ जना महिला र १२ जना पुरुषगरि १५ जना पीडित भएको अभिलेख रहेको उनले बताए ।
धम्कीका घटनामा अन्य पक्षवाट महिला २ जना र पुरुष ४ जना गरि ६ जना पीडित भए भने हत्याको घटनामा अन्य पक्षवाट १० जना महिला र १० जना पुरुष गरि २० जनाको हत्या भएको घटना घटेको उनले बताए। त्यसैगरि महिला अधिकार सम्बन्धी विभिन्न घटनामा ३ सय ३७ जना महिला पीडित भएको खकुरेलले बताए।
बालअधिकार उल्लंघनका घटनामा १ सय ७ जना बालिका र १० जना बालक गरि १ सय १७ जना बालबालिका पीडित भएको उनले बताए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







