काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले राष्ट्रपतिबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ ।
सोमबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।
बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको पार्टीका पार्टीका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने र त्यसको अन्तिम निर्णय प्रधानमन्त्री एवम् पार्टी अध्यक्षलाई दिने निर्णय भएको बताए ।
उपाध्यक्ष महराले फागुन १२ गतेसम्म राष्ट्रिय सहमति हुनेमा विश्वस्त रहेको बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा ।आसन्न पोखरा उद्योग वाणिज्य संघको ७२औँ अधिवेशन तथा ३६औँ महाधिवेशन सदस्यका…





