फाइल तस्विर
काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक उपलब्धिको रक्षा गर्न सबै लोकतान्त्रिक गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्ने बताएका छन् ।
पार्टीका अध्यक्ष नेपालले ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले गणतन्त्र विरुद्ध दिएको वक्तव्यप्रति आज एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।
लोकतान्त्रिक गणतन्त्र विरुद्ध भ्रम फैलाउने उक्त वक्तव्यमा राजनीतिक दलप्रति लाञ्छना लगाउने कार्य असंवैधानिक रहेको विज्ञप्तिमा भनिएको छ । जनताले आफ्ना प्रतिनिधिमार्फत निर्माण गरेको संविधानद्वारा सामान्य नागरिक बनाएका शाहले केही दिन अगाडि झापाबाट गणतन्त्र विरोधी अभियान उद्घाटन गरेको र पटक पटक जनताको अधिकार हनन गरेको राजतन्त्रको ढाकछोप गरी गणतन्त्रविरुद्ध बोल्नु सरासर गलत भएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा यस्तो अभिव्यक्तिले अग्रगमन, प्रगति चाहनेलाई गम्भीर र चिन्तित बनाएको बताउँदै यसखाले गतिविधिका बिरुद्ध सबै जनता एकताबद्ध भएर प्रतिवाद गर्न आग्रह गरिएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा ।आसन्न पोखरा उद्योग वाणिज्य संघको ७२औँ अधिवेशन तथा ३६औँ महाधिवेशन सदस्यका…





