राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा इटालेली प्रशिक्षक एनेस नियुक्त


     एभरेस्ट आवाज    
     फागुन १७ गते २०७९ मा प्रकाशित




काठमाण्डौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालेली प्रशिक्षक भेन रेञ्जो अल्बर्टो एनेसलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आज बसेका बैठकले एनेसलाई नियुक्त गर्ने निर्णय गरेको हो । नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामापछि रिक्त रहेको प्रशिक्षक पदमा एनेसलाई नियुक्त गरिएको हो ।

नवनियुक्त प्रशिक्षक एनेस यसअघि बेलिजको राष्ट्रिय फुटबल टोलिको प्रशिक्षक थिए ।

यसअघि नेपालले घरेलु मैदानमा आयोजना भएको बङ्गलादेश र पाकिस्तानबीचको मैत्रीपूर्ण खेलका लागि क्रमशः प्रदीप हुमागाईं र सहिद स्मारक ए डिभिजन लिगको साविकको विजेता मच्छिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कटुवाललाई कार्यवाहक प्रशिक्षणको जिम्मेवारी दिएको थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।