पोखरा, फागुन २०
प्रेस क्लब गण्डकीको अध्यक्षमा पत्रकार एकराज गिरी चयन भएकाछन् । क्लवको शनिबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले सफल न्यूज डटकमका सम्पादक गिरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । गिरी खेलकुद पत्रकार मञ्च गण्डकीका निवर्तमान अध्यक्ष हुन् ।
क्लवको उपाध्यक्षमा राजाराम पौडेल, सचिवमा गौरव त्रिपाठी, कोषाध्यक्षमा राजु गिरी र सह–सचिव दीपा पौडेल भण्डारी चयन भएका छन् ।
क्लवको कार्यसमिति सदस्यहरुमा आशिष पुरी र संकल्प ढुँगाना चयन भएका छन् ।
यसअघि क्लवको अधिवेशनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







