फेवातालमा डुङ्गा पल्टिँदा गम्भीर घाइते भएकी गिरीको मृत्यु


     एभरेस्ट आवाज    
     फागुन २० गते २०७९ मा प्रकाशित




साङ्केतिक तस्विर

पोखरा । पोखराको फेवातालमा शनिबार दिउँसो हावाहुरीका कारण डुङ्गा पल्टिँदा गम्भीर घाइते भएकी एक महिलाका उपचारको क्रममा मृत्यू भएको छ ।

शनिबार अपरान्ह हावा हुरीसँग वर्षाका कारण फेवातालस्थित ताल बाराही मन्दिर पछाडी अचानक डुङ्गा पल्टिँदा गम्भीर घाइते भएकी पोखरा १ बगर बस्ने यम माया गिरी ७० को उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

अपरान्ह ४ बजेर १० मिनेटमा हावाहुरीका कारण डुङ्गा पल्टिँदा ५ जनाको भने सकुशल उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवत्ता प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकले जानकारी दिए ।

घाइते अवस्थामा उद्दार गरिएकी गिरीलाई उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेज लगिएको चिकित्सकले मृत घोषणा गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।