सुनचाँदीको भाउले फेरि नयाँ रेकर्ड बनायो, आज कतिमा हुँदैछ कारोबार ?


     एभरेस्ट आवाज    
     जेठ १७ गते २०८० मा प्रकाशित




नेपाली बजारमा आज बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

आज सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा दुई सय रुपैयाँ बढी हो। यसअघि गत वैशाख २१ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, आज बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला २० रुपैयाँ बढेको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।