साङ्केतिक तस्विर
जेठ २१ पाल्पा । पाल्पामा भएको जीप दुर्घटनमा ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दुई महिला र एक पुरुषको मृत्यु भएको हो । यस्तै ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
सालझण्डीबाट अर्घाखाँचीका लागि छुटेको लु १ च ९०२४ नम्वरको आइतबार जीप रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीमा दुर्घटना भएको हो ।
मृतक तीनै जनाको परिचय खुल्न सकेको छैन ।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि रुपन्देहीमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







