मनाङ एयर हेलिकप्टर दुर्घटना : सबै शव काठमाडौंमा


     एभरेस्ट आवाज    
     असार २६ गते २०८० मा प्रकाशित




असार २६ काठमाडौं । मनाङ एयर हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका सबैको शव काठमाण्डौं लगिएको छ ।

मंगलबार विहान सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं ५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनामा परेको मनाङ एयरको हेलिकप्टरमा सवार ६ जनाको शव काठमाण्डौं लगिएको हो । दुई पटकर गरि ६ जनाकै शव काठमाण्डौं लगिएको त्रिभुवन विमानस्थल कार्यालयका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका सबै जनाको शव काठमाडौं ल्याइएको छ । सुरुमा ४ जनाको शव ल्याइएको थियो । दोस्रो हेलिकप्टरमा दुई शवसहित ६ जनाकै शव काठमाडौं लगिएको तिवारीले बताए ।

दुर्घटनामा ज्यान गुमाउनेमा पाइलट चेतबहादुर गुरुङसहित पाँचै जना मेक्सिकन नागरिक रहेका छन् । यात्रुमध्ये तीन जना महिला र दुई जना पुरुष थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।