असार २८ पोखरा । पोखरा महानगरपालिका १३ नं. वडा कार्यालयले वडावासीलाई विहीवारबाट निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ ।
सामान्य विरामी हुँदा उपचार खर्चको समेत जोहो गर्न धौधौ पर्ने नागरिकलाई आकस्मिक उपचारका लागि अस्पतालसम्म जाने एम्बुलेन्सलाई तिर्ने भाडा नहुँदा महङ्गो ट्याक्सी लिनुपर्ने वाध्यताको अन्त्य गर्न निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको वडा अध्यक्ष किरण बरालले जानकारी दिएका छन् ।
१३ नम्बर वडा ग्रामीण भेगसम्म फैलिएको र पोखराभित्र पनि विकट भएको मानिन्छ । सर्वसाधरणलाई पोखरा महानगरवासी हुनुको महसुस दिलाउन पनि आपतविपतको साथी स्थानीय सरकार हो भन्ने उद्धेश्यले एम्बुलेन्स सेवा सञ्चालन गरिएको हो ।
आफूलाई सधैँ नागरिकको सेवक ठान्ने वडा अध्यक्ष बरालले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि आफूले गरेको वाचाहरू पूरा हुँदै गएको बताए । १३ नम्बर वडावासीलाई पोखराको जुनसुकै अस्पतालसम्म पुग्न पहुँच र सहज होस् भन्ने भावनाले यो अभियान सुरु गरिएको हो ।
वडावासीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दा वडालाई वार्षिक ४ देखि ५ लाख खर्च थपिने छ यसका लागि सहयोगी हातहरू खोजी भइरहेको जनाइएको छ । सेवा लिनका लागि बिरामी आफै वा आफन्तले खबर गरे पुग्ने एम्बुलेन्स घरमै पुग्ने छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







