पोखरा, साउन ३
राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले बक्सिङमा क्रमभंगता आवश्यक रहेको बताएका छन् । नेपाल बक्सिङ संघको छैटौं साधारण सभा तथा अधिवेशनलाई बुधबार पोखरामा सम्बोधन गर्दै उनले बक्सिङको ईतिहास दोहो¥याउन निरन्तरताले मात्र नपुग्ने भन्दै क्रमभंगता आवश्यक रहेको बताएका हुन् । ‘नेपालले ओलम्पिकमा बक्सिङबाट रजत पदक जितेर एउटा गर्विलो ईतिहास बनाईसकेको छ । तर पछिल्लो समय त्यो ईतिहास दोहो¥याउन सकिएको छैन । अब त्यहि पदक जितेको ईतिहास दोहो¥याउनुपर्छ । तर त्यो निरन्तरताले सम्भव छैन, त्यसैले बक्सिङमा क्रमभंगता आवश्यक छ ।’
सदस्य सचिव घिसिङले अन्र्तराष्ट्रिय प्रतियोगिताको तयारीका लागि बजेटको अभाव हुन नदिने तर आफूलाई परिणाम भने चाहिने बताए । अहिलेदेखि नै ओलम्पिकको तयारी थाल्न निर्देशन दिदै उनले भने,‘बजेटका हिसाबले तपाईंहरु ढुक्क हुनुस् । जति खर्च लागेपनि सरकारले बेहोर्छ तर रिजल्ट चाहिन्छ ।’ उनले बक्सिङ संघको नेतृत्वलाई आफूले बक्सिङ खेलको सुधारका लागि बारम्बार दवाब दिएको र त्यस अनुरुप केहि सुधारको प्रयास भइरहेको बताए । मैले पहिलेदेखि नै खेलाडीका लागि अन्र्तराष्ट्रिय स्तरको कोच र अन्र्तराष्ट्रिय एक्सपोजर चाहियो भन्दै आएको छु, उनले भने,‘त्यसलाई केहि हदसम्म सम्बोधन गरेर अन्र्तराष्ट्रिय कोच आईसक्नु भएको छ । अब अन्र्तराष्ट्रिय एक्सपोजरपनि चाहियो ।’
सदस्य सचिव घिसिङले बक्सिङको विकासका लागि नेतृत्वमा हानथाप मात्र नगरी कार्ययोजनासहित छलफल गर्न आग्रह गरे । ‘बक्सिङको विकासको योजना के ? खेलाडी उत्पादन कसरी गर्ने हो ? त्यसबारे कार्ययोजना बनाएर अभ्यासमा लैजानूस्’–उनले भने । उनले बक्सिङलाई तल्लो स्तरबाटै लैजानुपर्ने भन्दै त्यसका लागि १२–१४ वर्षको उमेर समूहलाई केन्द्रीत गरेर प्रशिक्षण शुरु गराउनुपर्नेमा जोड दिए । त्यस्तै प्रत्येक प्रदेशमा बक्सिङ एकेडेमी सञ्चालन गर्नपनि उनले सुझाव दिए ।
नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङले खेलाडी उत्पादनका लागि खेल संघहरुमा स्थायीत्व हुन जरुरी रहेको बताए । उनले खेलकुदमा राज्यको लगानी न्यून रहेको बताउँदै भने,‘नेपालको खेलकुद बचाएको खेलाडी र उनीहरुको परिवारले हो ।’
नेपाल ओलम्पिक कमिटीका सह महासचिव पिताम्बर तिमिल्सिनाले पहिलेको चार्मिङ फर्काउनुपर्ने चुनौतिपूर्ण अवस्थामा बक्सिङ संघ रहेको बताए । ‘ बक्सिङमा पहिलेको जस्तो चार्मिङ अहिले छैन । त्यो चार्मिङ फर्काउन अबको कार्यसमिति सक्षम हुनेछ भन्ने विश्वास गर्दछु’–उनले भने ।
नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले बक्सिङलाई नया उचाईमा पु¥याउन आफू नेतृत्वको समिति दिनरात नभनी खटिईरहेको बताए ।
कार्यक्रममा पुराना बक्सर पुष्करराज पन्तले ‘नेपालमा बक्सिङ : हिजो, आज र भोलि’ विषयमा प्रस्तुती राखेका थिए ।
पोखरामा बुधबार सम्पन्न हुने नेपाल बक्सिङ संघको अधिवेशनले नया नेतृत्वसमेत चयन गर्नेछ । वर्तमान अध्यक्ष अवालेकै नेतृत्वमा नया कार्यसमिति चयन गर्ने प्रयास भइरहेको छ ।
साधारण सभाको अवसरमा बरिष्ठ बक्सिङ प्रशिक्षक विद्या मर्सानीलाई सम्मान गरिएको थियो । खेलाडीहुँदै बरिष्ठ प्रशिक्षकसम्म भएर मर्सानीले बक्सिङमा पु¥याएको योगदानको कदर गर्दै खेलकुद पत्रकार मञ्च गण्डकीले लाईफटाईम अचिभमेन्ट अवार्डबाट सम्मानित भएकोमा बधाईसहित बक्सिङ संघले सम्मान गरेको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







