पोखरा । आउदो भदौ १ गते बागलुङको निसीखोला गाउँपालिका वडा नं. ५ निसेलढोरमा हुने नाखापुजा (गाउँपुजा)को भव्य तयारी भैरहेको छ ।
विगतका वर्षदेखि हरेक २ वर्षको अन्तरालमा हुने मेला यसवर्ष नाखापुजा व्यवस्थापन समितीको आयोजनामा भव्य रुपमा सफल बनाउनका लागि तयारी तिव्र पारिएको समितीका अध्यक्ष शान्त घर्तीमगरले जानकारी दिएका छन् ।

नाखापुजा मेलाको मुख्य आकर्षकका रुपमा कापाई नाँच र झाँक्रिनाँच रहेका छन् भने साथमा विभिन्न सांस्कृतिक तथा खेलकुदका कार्यक्रमहरु समावेश गरिएका छन् ।

पुरुष तथा महिल भलिबल,महिला तथा पुरुष छेलो,दोहोरी गीत,लोपान्मुख यानिमाया भाका,फुटसल प्रतियोगिता,नाखापुजा आईडल डान्स,औलढोर दौड,घैटोफोर लगाएतका प्रतियोगिताहरु सञ्चालन हुने समितीका सचिव अवतार घर्तीमगरले जानकारी दिए ।
“सम्पुर्ण मगरहरुको एकता,हाम्रो कला संस्कृतिको संरक्षण र प्रवद्धन आजको आवश्यकता” भन्ने मुल नाराका साथ आयोजना गरिएको नाखा पुजाको मेला भर्नका लागि रुकुम पश्चिम र पुर्व,म्याग्दी,प्युठान,रोल्पा,गुल्मी, वुटवल लगाएत छिमेकी जिल्लाबाट पुग्छन् ।

प्रकृतिलाई पुज्दै आएका त्यस स्थानका मगरहरुले भुमि देवतालाई खुसि बनाउनका लागि प्रत्येक २ वर्षमा आयोजना हुने नाखापुजालाई मगर समुदाय मात्रै नभई त्यस वडाका सम्पुर्ण जातजाति र समुदायहरुले समेत साझा सँस्कृतिका रुपमा साथ दिदै आाएका छन् ।
यसरी भुमिलाई पुजा नगरे सम्पुर्ण गाँउबासीलाई भुमिदेवताले हानीनोक्सानी गर्ने गरेको जनसमुदायमा विश्वास रहि आएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







