राष्ट्रपति पौडेलबाट विधेयक प्रमाणीकरण


     एभरेस्ट आवाज    
     श्रावण १२ गते २०८० मा प्रकाशित




काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ प्रमाणीकरण गरेका छन् ।

उनले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम सो विधेयक आज प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलेजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।