काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारीबीच आसन्न केन्द्रीय समिति बैठकका बारेमा छलफल भएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकमा सङ्गठनात्मक र राजनीतिक प्रतिवेदनको तयारीका सम्बन्धमा छलफल भएको सचिव चक्रपाणि खनालले जानकारी दिए ।
“केन्द्रीय समितिको बैठकलाई कसरी लैजाने, पदाधिकारीको सुझाव के छ, भन्नेबारेमा छलफल भयो”, उनले भने, “केन्द्रीय समितिको बैठकअगावै स्थायी समिति बोलाउने र स्थायी समिति बैठकबाट केन्द्रीय समितिको बैठकलाई व्यवस्थित र पूर्णरूपमा कसरी लैजाने भन्नेमा अध्यक्षबाट ‘ब्रिफिङ’ भयो ।” केन्द्रीय समितिको तयारीस्वरुप भोलि पनि बैठक बस्ने उनले जानकारी दिए ।
माओवादीको केन्द्रीय समिति बैठक यही साउन १७ गतेदेखि राजधानीमा सुरु हुँदैछ । बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, प्रदेश र आयोगका पदाधिकारी गरी करिब सात सयको सङ्ख्यामा सहभागिता रहने माओवादीले जनाएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







