सुचना टाँस गरेर साउन २२ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगन


     एभरेस्ट आवाज    
     श्रावण १६ गते २०८० मा प्रकाशित




प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक यहि साउन २२ गतेसम्मका लागि स्थगित भएको छ ।

दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधिसभाको बैठक नियमित सञ्चालनका लागि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख राजनीतिक दलका सचेतकहरुलाई आग्रह गर्नुभए पनि सहमति जुट्न सकेन ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले यहि साउन ३ गते सिनामङ्गलबाट बरामद भएको सुन प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्षका मुख्य सचेतकले बैठक सञ्चालन गर्न आग्रह गर्नुभएको थियो भने विपक्षी दलका प्रमुख सचेतकले उच्चस्तरीय छानबिन समिति गठन नहुँदासम्म बैठक सञ्चालन हुन नसक्ने बताएका थिए ।

सो विषयमा सहमति नभएपछि सभामुख घिमिरेले बैठक स्थगित भएको सूचना प्रकाशित गरेका हुन। विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसक्ने भएकाले अर्को मिति तय गरिएको सङ्घीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए । प्रतिनिधिसभाको अर्को बैठक यही साउन २२ गते सोमबार दिनको १ बजे बस्नेछ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।