पोखरा । पोखराको वाटुलेचौरमा रहेको शुक्ला साहित्य प्रतिष्ठानले श्रीकृष्ण जन्माष्टमीको अवसरमा खुल्ला कृष्ण भजन चुड्का प्रतियोगिता गर्ने भएको छ ।
विगत २४ वर्षदेखि निरन्तर रुपमा गर्दै आएको प्रतियोगिता गत ३ वर्ष कोभिड महामारीका कारण रोकिएकोमा यस वर्षदेखि पुन संचालन गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष हरि वरुवालले जानकारी दिए ।
आगामी भाद्र २० गते स्थानिय वाटुलेचौर मैदानमा आयोजना गरिने प्रतियोगितालाई व्यवस्थित रुपमा सम्पन्न गर्न प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष दुर्गादेवी वस्नेतको संयोजकत्वमा मुल आयोजक समिति, अध्यक्ष हरि वहादुर वरुवालको अध्यक्षतामा कार्य सम्पादन समिति र विभिन्न १० वटा उपसमिति गठन गरिएको छ ।
आथिर्क उपसमिति संयोजकमा कुल व. खत्री, कार्यालय व्यवस्थापनमा दिपेन्द्र वाँनिया, अनुगमनमा ईन्दु भट्टराई, मञ्च व्यवस्थापन तथा सजावटमा मोहन कुमार सुनार, स्वयंसेवक परिचालनमा संजय वस्नेत, अतिथि स्वागत तथा सत्कारमा गीता भट्टराइ भण्डारी , प्रचार प्रसारमा संजय थापा, प्राथामिक उपचारमा दुर्गा केसी थापा, खाजा व्यवस्थापनमा रुपा केसी र भजन टोली समन्वय उपसमितिमा हरि वहादुर वरुवाललाई संयोजक तोकिएको प्रतिष्ठानले जनाएको छ ।
गठित मुल समिति र विभिन्न उपसमितिले कार्यक्रमलाई व्यवस्थित गर्न आन्तरिक तयारी शुरु गरेको सचिव दिपेन्द्र वाँनियाले बताए ।
भगवान श्रीकृष्णको महिमा र लोप हुने अवस्थामा पुगेको भजन संस्कृतिलाई वचाई राख्ने उद्ेश्यले प्रतियोगितालाई निरन्तरता दिईएको संयोजक दुर्गा वस्नेतले बताए ।
प्रतियोगिता सम्पन्न गर्न करिव १३ लाख २५ हजार रुपैयाँ खर्च लाग्ने वताईएको छ । सो रकमका लागी विभिन्न संघ संस्थासँग समन्वय गरिएको र आर्थिक संकलन कार्यलाई तिव्रता दिईएको आथिर्क उपसमिति संयोजकमा कुल व. खत्रीले जानकारी दिए ।
वि.सं २०४५ सालमा स्थापना भएको प्रतिष्ठानले पोखरामा साहित्य, कला र संस्कृतिका क्षेत्रमा काम गर्दैै आईरहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







