प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस


     एभरेस्ट आवाज    
     श्रावण १८ गते २०८० मा प्रकाशित




काठमाण्डौं । संवैधानिक परिषद्को आज बसेको बैठकले भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको परिषद्को बैठकले प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सिफारिस गरेको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिमिल्सनाले जानकारी दिए ।

न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि श्रेष्ठसहित ११ जनाको रोष्टर पठाएको थियो । रोष्टरको पहिलो नम्बरमा रहेका श्रेष्ठको नाम सिफारिस गरेको हो । उनको कार्यकाल आगामी २०८१ असोजसम्म हुनेछ ।

वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले यही साउन २० गते अनिवार्य अवकाश लिँदै छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।