काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १४ दशमलव ८१ अङ्कले बढेर दुई हजार ८० दशमलव ८६ अङ्कमा कायम भएको हो ।
आज दुई सय ७१ कम्पनीको ९७ लाख १८ हजार सात सय ५४ कित्ता शेयर ९५ हजार नौ सय ६५ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब एक करोड ८४ लाख ६० हजार पाँच सय १२ बराबरको कारोबार भएको छ ।
वित्त, उत्पादन तथा प्रशोधन लघुवित्त र अन्य समूहका उपसूचक क्रमशः एक दशमलव ३०, १० दशमलव ३४, १३ दशमलव ५५ र शून्य दशमलव १८ अङ्कले घटेका छन् भने बाँकी सबै समूहका उपसूचक बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समूह दुई सय ४१ दशमलव ५७ र होटल तथा पर्यटन समूह एक सय सात दशमलव ५० अङ्कले बढेका छन् ।
त्यस्तै, बैंकिङ १३ दशमलव ६१, विकास बैंक २१ दशमलव ३०, जलविद्युत् १८ दशमलव ५१, लगानी शून्य दशमलव ३०, जीवन बीमा ५८ दशमलव १३ र व्यापार समूह शून्य दशमलव ०८ अङ्कले बढेका छन् । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने घोराही सिमेन्ट इन्ड्रस्टी लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड प्रमोटर शेयर रू ५८ करोड ४५ लाख ६१ हजार चार सय बराबरको १९ लाख ४८ हजार पाँच सय ३८ कित्ता किनबेच भएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







