भदौ ४ मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले यही भदौ ४ गते सोमबार दिनको १ बजे विश्वासको मत लिने भएका छन् ।
प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले मुख्यमन्त्री थापालाई भदौ ४ गते दिनको १ बजे प्रदेशसभाबाट विश्वासको मत लिन सयम दिएको कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
मुख्यमन्त्री थापाले आज दिउँसो प्रदेशसभा सचिवालयमा नेपालको संविधानको धारा, १६८ को उपधारा (४) बमोजिम कोशी प्रदेशसभाबाट विश्वासको मत लिन भदौ ३ गते गतेको कार्य सूचीमा समावेश गर्ने गरी प्रदेशसभा नियमावली २०७४ पहिलो संशोधन सहितको नियम १२८ को उपनियम १ र २ बमोजिम विश्वासको मत प्राप्त गर्न प्रस्तावसम्बन्धी सूचनापत्र दर्ता गराएका थिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ५ पोखरा रंगशालामा फ्लडलाईट हाल्ने तयारी शुरु भएको छ…





