पोखरा, भदौ २
उप–प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरव्याज सामन्तवादको निकृष्ट अवशेष भएको भएकाले यसको समूल अन्त्य गरेरै छाड्ने उद्घोष गरेका छन् । जनतासँग माओवादी अभियान अन्तर्गतको कार्यक्रममा सहभागि हुन शनिबार पोखरा आएका श्रेष्ठसँग प्रेस सेन्टर कास्कीले पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले मिटरव्याजी शोषण अन्त्य गरेर पीडितलाई न्याय दिईने बताएका हुन् । ‘मिटर व्याजको अन्त्य गर्नुपर्छ । मिटरव्याजी शोषणलाई अन्त्य गर्नुपर्छ । पीडितहरुलाई न्याय दिनुपर्छ’–उनले भने । मिटरव्याजबाट पीडितलाई न्याय दिलाउन जिल्लामा सिडिओको नेतृत्वमा सम्बन्धित कार्यालय प्रमुख र पीडितका प्रतिनिधि राखेर सहजीकरण समिति बनाएको र त्यसले हजारौंलाई न्याय दिलाईसकेको उनले दाबी गरे । उनले भने,समितिमार्फत हजारौंको लालपूर्जा न्यायपूर्वक फिर्ता भएका छन् । तमसुकहरु च्यातिएका छन् । जसले लगानी गरेका थिए र त्यो रकम फिर्ता पाएका थिएनन् भने १० प्रतिशत व्याजले जोडेर तिराउने कामपनि भइरहेको छ ।’
उप–प्रधान तथा गृहमन्त्री श्रेष्ठले वर्तमान सरकार र सरकारले चालेको सुशासनको अभियान दुबैले निरन्तरता पाउने बताए । ‘भ्रष्टाचार, ठगी, अपराधलगायत हुँदा टुलुटुलु हेरेर नबस्ने बताउँदै उनले भने,‘सरकारको निरन्तरता र पूर्व यथास्थितिबिरुद्धको अभियानपनि निरन्तर अगाडि बढ्छ । यो गठबन्धनको सरकारपनि निरन्तर अगाडि बढ्छ । र भ्रष्टाचारबिरुद्धको सुशासन अभियानपनि निरन्तर अगाडि बढ्छ ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ५ पोखरा रंगशालामा फ्लडलाईट हाल्ने तयारी शुरु भएको छ…





