पोखरा । नेपाल आइटिएफ तेक्वान्दो संघ गण्डकीका अध्यक्ष घम बहादुर थापा अन्तर्राष्ट्रिय महासंघको स्थायी समितिमा नियुक्ति भएका छन् ।
महासंघको सम्पन्न २८ औं महाधिवेशनले थापालाई आइटिएफ स्थायी समिति जुनियर तथा भेट्रान समितिको सदस्यमा नियुक्त गरेको हो । महासंघको महाधिवेशन यहि अगस्ट २० मा काजाकास्तानको आस्तनामा सम्पन्न भएको थियो ।
थापा आस्तानामा आयोजित २२ औं आइटिएफ तेक्वान्दो बिश्व प्रतियोगिता–२०२३ मा रेफ्रीको भुमिकामा सहभागी छन्।
थापा विगत २० वर्ष देखी तेक्वान्दो खेल मा आबद्ध छन् । पूर्व राष्ट्रिय खेलाडी समेत रहेका उनी प्रशिक्षक हुँदै नेतृत्व तहमा रही आइटिएफ खेल बिकासमा अग्र पंक्तिमा कार्यरत छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







