सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने सम्भावित कार्यसूची छ ।
आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने कार्यसूची छ ।
प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी निर्धारित कार्यक्रमका लागि बैठकको पहिलो एक घण्टाको समय निर्धारण गरिएको सभामुख देवराज घिमिरेले जानकारी दिए । प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्दा स्पष्टीकरणको व्यवस्था नगरिएको पनि सभामुख घिमिरेले बैठकमा जानकारी गराएका छन । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र पेन्सन पट्टाको प्रचार तिब्र पारिएको…





