पोखरा, भदौ १२
गोरखा माओवादीको आधार क्षेत्र हो । हरेक चुनावमा माओवादीको ईज्जत गोरखाले धान्दै आएको छ । माओवादीको कमजोर प्रदेश भनेर चिनिने गण्डकीमा गोरखाकै कारण संघ र प्रदेशमा सम्मानजनक उपस्थिति हुने गरेको छ । अझ २०७९ सालको स्थानिय चुनावमा त माओवादी एक्लैले गोरखाका ९ क्षेत्र जितेर गोरखामा पार्टी बलियो रहेको सन्देश दिएको थियो ।
गोरखा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएको जिल्ला हो । त्यतिमात्र होईन सुशासनको अभियान सञ्चालन गरेको प्रचण्ड नेतृत्वको सरकारको सारथी बनेर भ्रष्टाचारबिरुद्ध र सुशासनको पक्षमा चट्टानी अडान राखेका गृहमन्त्री नारायणकाजी श्रेष्ठको गृहजिल्लापनि गोरखा नै हो ।

यहि गोरखामा पार्टीका केन्द्रीय सदस्य तथा युवा नेता दीपक कोईराला ‘रुपक’ अहिले पार्टीले सञ्चालन गरेको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’का लागि जिल्ला पार्टी ईञ्चार्ज बनेर पुगेका छन् । ‘घरघरमा माओवादी, मनमनमा माओवादी’ बनाउने अभियान सफल बनाउन पार्टी जिल्ला ईञ्चार्जको जिम्मेवारी लिएर दीपक पुगेपछि गोरखा माओवादीमा उत्साह चुलिएको छ । उनी पुगेलगत्तै गोरखा माओवादीका कार्यकर्ता उत्साहपूर्वक बैठकमा सहभागि हुने गरेका छन् ।
युवाको मनोभावना र जनताको आकांक्षा बुझेर पार्टीलाई रुपान्तरण गर्नुपर्छ भनेर लाग्ने दीपकले गोरखा पुगेलगत्तै जिल्लाका सबै पालिकामा तालिका बनाएर बैठक राख्न निर्देशन दिएका थिए । सोहि अनुसार मंगलबारसम्म चुम्नुब्री गाउँपालिकाबाहेक गोरखाका सबै पालिकाको पार्टी बैठक सम्पन्न भइसकेको दीपकले जानकारी दिए । भदौ १६ गतेदेखि अभियान नै सञ्चालन हुने भएकाले त्यसअघि नै पार्टीका बैठकहरु सकिन्छ,उनले भने,‘चुम्नुब्रीबाहेकका पालिकाहरुको बैठक सकिएका छन्, चुम्नुब्रीको पनि १५ गते अगाडि नै सकिन्छ ।’ उनले अभियान केन्द्रीत गरेर बैठक भएको बताए । बैठकले अभियानको आधार तयार गरेको उनको भनाई छ ।
नेकपा माओवादीले केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँड गर्दा दीपकलाई गोरखा जिल्ला ईञ्चार्ज बनाएर पठाउने निर्णय गरेको थियो । सो निर्णयलगत्तै दीपक गोरखा पुगेर निरन्तर बैठक राखेर अभियान केन्द्रीत छलफलमा जुट्दै आएका हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र पेन्सन पट्टाको प्रचार तिब्र पारिएको…





