ऐतिहासिक वाटुलेचौर तीज मेलाको निरन्तरता, मेलाको तयारी शुरु


     एभरेस्ट आवाज    
     भाद्र २१ गते २०८० मा प्रकाशित




पोखरा । परापुर्वकाल देखि नै पोखराको वाटुलेचौरमा संचालन हुदै आएको ऐतिहासिक तीज मेलाले यस वर्ष पनि निरन्तरता पाउने भएको छ ।

नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसरमा आगामी असोज १ गते स्थानिय हिमालय क्लवको आयोजनामा मेला हुन लागेको क्लवले जनाएको छ ।

विगतका वर्षमा विभिन्न खेलकुद सहितका कार्यक्रम आयोजना गरेको क्लवले यस वर्ष विशुद्घ तीज गीत र नृत्यलाई प्राथामिकता दिई संस्कृति प्रधान कार्यक्रमलाई प्रोत्साहन सहित संस्कृतिको जर्गेना तथा मेलाको निरन्तरताको लागी गर्न लागिएको निवर्तमान अध्यक्ष मोहन थापाले बताए ।

मेलालाई विशिष्ट वनाउन क्लवका अध्यक्ष सुशील वस्नेतको अध्यक्षतामा निवर्तमान अध्यक्ष मोहन थापा, दुर्गालाल श्रेष्ठ, लक्ष्मी देवकोटा र लक्ष्मी पौडेल सदस्य रहेको सचिवालय समिति तथा आमन्त्रीत समुहगत तीज गीत तथा नृत्य प्रस्तुतीका लागी तारा प्रसाद तिमिल्सीनाको संयोजकत्वमा क्लवका कोषाध्यक्ष पुष्पराज अधिकारी र सहसचिव तुल व. वस्नेत सदस्य रहेको समिति गठन गरिएको छ ।

आमन्त्रीत टोलीले परम्परागत रुपमा आ आफ्नो समुहमा वसेर गीत तथा नृत्य प्रस्तुत गर्ने वताईएको छ । मेलाको तयारी शुरु गरिएको अध्यक्ष वस्नेतले जानकारी दिए । पोखराका विभिन्न संघ संस्थासँग समन्वय गरिएको र आर्थिक संकलन कार्यलाई तिव्र पारिएको उनले बताए ।

१ दिन मात्र संचालन हुने मेलामा करिव ५ लाख खर्च लाग्ने क्लवले जनाएको छ । मेलामा तीजको परम्परागत भाका हम्काईलोको समेत प्रस्तुती रहने छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।