आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को आह्वानमा सन् १९६७ देखि विश्वभर यो दिवस मनाइन्छ ।
यस वर्ष दिवसको नारा ‘प्रोमोटिङ लिटेरेसी फर अ वल्ड इन ट्रान्जिसनः बिल्डिङ द फाउन्डेसन फर सस्ट्यानेबल एन्ड पिसफुल सोसाइटिज’ रहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवसका अवसरमा विद्यमान विद्यार्थी भर्नादर र साक्षरताका प्रगति विवरण प्रकाशन गरेको छ ।
नेपालमा पाँच वर्षमाथिको साक्षरता दर ७६ दशमलव दुई प्रतिशत छ । पन्ध्रदेखि ६० वर्षसम्मको साक्षरता दर ८५ प्रतिशत छ । नेपाल सरकारले एक दशकअघि ‘साक्षर नेपाल अभियान’ कार्यक्रम सुरु गरेकामा अझै मधेस प्रदेशका आठसहित १३ जिल्ला पूर्ण साक्षर घोषणा हुन बाँकी रहेको छ ।
सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेट र कार्यक्रममा दुई वर्षभित्र नेपाललाई पूर्ण साक्षर घोषणा गर्ने कार्यक्रम ल्याएको थियो । राष्ट्रिय शिक्षा दिवस भने आगामी असोज २ गते हुँदैछ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







