नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने, सार्वजनिक बिदा दिने सरकारको निर्णय


     एभरेस्ट आवाज    
     भाद्र २६ गते २०८० मा प्रकाशित




आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको पर्यटन मन्त्री सुदन किरातीले जानकारी दिए ।

छोराहरु विदेशबाट आएपछि नेम्वाङको अन्त्येष्टि गरिने छ । सरकारले नेम्वाङको निधनमा एक दिन बिदा पनि दिने निर्णय गरेको छ । नेम्वाङको गएराति निधन भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।