एमालेले नेम्वाङको निधनमा तीन दिन झण्डा झुकाउने, औपचारिक कार्यक्रम नगर्ने


     एभरेस्ट आवाज    
     भाद्र २६ गते २०८० मा प्रकाशित




नेकपा एमालेको सचिवालय बैठकले संविधान सभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनमा तीन दिन पार्टी कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको छ भने औपचारिक कार्यक्रम नगरिने निर्णयसमेत एमालेले गरेको छ। आजको बैठकले नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ।

नेम्वाङको पार्थिव शरीर मंगलबार र बुधबार च्यासलमै श्रद्धाञ्जलीका लागि राखिनेछ ।

नेम्वाङलाई राजकीय सम्मानसाथ अन्त्येष्टि गरिने जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।