गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सुशासनका पक्षमा दह्रोसँग उभिन नसक्दा समाज भ्रष्टिकरणतर्फ उन्मुख हुने हो कि भन्ने चिन्ता बढेको बताएका छन् । गण्डकी प्रदेश सरकारले संविधान दिवस–२०८० को अवसरमा बुधबार पोखरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सुशासनलाई पहिलो प्राथमिकतामा राखेर चुनौतिलाई समाधान गर्न नसके संघीयता र शान्तिको चाहना पूरा हुन नसक्ने तथा परिवर्तन विरोधीहरुले चलखेल गर्ने मौका पाउने उनको भनाई छ ।
गण्डकी प्रदेश प्रमुख गुरुङले संविधानको रक्षा र यसको कार्यान्वयनमा राजनीतिक दलहरुले ईमान्दार प्रयास गर्नुपर्ने आवश्यक्ता रहेको औंल्याए । त्यसका लागि राजनीतिक दल र तिनका शीर्ष नेताहरुको ध्यानाकर्षणसमेत उनले गराए । त्यतिमात्र होईन उनले नागरिकको विकास र समृद्धिको आकांक्षा पूरा गर्न संघीयताको व्यवहारिक कार्यान्वयनमा ध्यान दिनसमेत जरुरी रहेको उनले टिप्पणी गरे ।
प्रदेश प्रमुख गुरुङले विकास प्रक्रियामा गण्डकीसँगै समग्र देशले बहुआयामिक चुनौतिहरु भोगिरहेको भन्दै ती चुनौति पार गर्न राजनीतिक दलहरु, नागरिक समाजलगायत मिल्नुपर्ने आवश्यक्ता औंल्याए । उनले युवा शक्तिलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाईलगायतका क्षेत्रमा व्यापक र दूरगामी महत्वका कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रहेको बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ५ पोखरा रंगशालामा फ्लडलाईट हाल्ने तयारी शुरु भएको छ…





