पोखरा, असोज ७
जय लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको मुनाफा बढेको छ । पोष्ट कोभिडको असर, आर्थिक मन्दीलगायतका कारण अर्थतन्त्रमा समस्या भइरहेको समयमापनि सहकारीले अघिल्लो वर्षको तुलनामा ६ लाख ५ हजार ३७ रुपैयाँ बढी मुनाफा कमाउन सफल भएको हो । सहकारीले यस आर्थिक वर्ष २०७९/८० मा ७४ लाख ४५ हजार ६ सय ६६ रुपैयाँ मुनाफा कमाउन सफल भएको शनिबार सम्पन्न सहकारीको आठौं साधारण सभामा सहकारीका प्रमुख कार्यकारी अधिकृत सुशील केसीले जानकारी दिए । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा सहकारीले ६८ लाख ४० हजार ६ सय २९ रुपैयाँ मुनाफा कमाएको थियो ।

अष्टलक्ष्मी दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था, जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्था र मुक्ति बहुउद्देश्यीय सहकारी संस्था एकीकृत भइ बनेको जयलक्ष्मी बचत तथा ऋण सहकारीको कुल सेयर पुँजी ९ करोड ७१ लाख रहेको छ । सहकारीको वासलात ३७ करोड ८४ लाख ५७ हजार ९६१ रुपैयाँ ७९ पैसा रहेको जनाइएको छ ।
सहकारीले तीन दिनसम्म गरेको छुट्टाछुट्टै साधारण सभामा सहकारीका सहकारीका अध्यक्ष निलराज आत्रेयले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष सुरेश केसीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन, लेखापरीक्षक चार्टर एकाउण्टेण्ट अशोक न्यौपानेले प्रस्तुत गरेको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पारित गरेको थियो । कार्यक्रममा अध्यक्ष निलराज आत्रेयले मन्तव्य व्यक्त गर्दै सहकारीलाई थप अब्बल बनाउँदै उत्पादनसँग जोड्ने प्रतिवद्धता जनाएका थिए ।

जय लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालय रानीपौवामा रहेको छ ।१६ जना कर्मचारी रहेको सो संस्थामा दुइवटा सेवा केन्द्रहरु क्रमशः पोखरा कै लामाचौर र सार्दीखोलामा रहेका छन। आगामी दिनमा आवश्यकता अनुसार कार्यालयहरु थप्दै जाने संस्थाका कार्यालय प्रमुख कार्यकारी अधिकृत सुशील केसीले बताउनुभयो ।
कुल २ हजार ४२ जना सेयर सदस्य रहेको सहकारीले आफूलाई डिजिटलाइज्ड गरेको छ । सहकारीले बैंक टु कोअपरेटिभ बैंक ट्रान्सफर, आईपिएस कनेक्ट, मोवाइल बैंकिङ, एसएमएस बैंकिङ, एटिएम, फेसबुक पेज, च्याट ग्रुप सञ्चालन गरेको छ । सहकारीले हाल सुनौलो बाल बचत, सदस्य मासिक बचत, जयलक्ष्मी साधारण बचत, जयलक्ष्मी बिशेष बचत, जयलक्ष्मी नारी बचत, जयलक्ष्मी ज्येष्ठ नागरिक बचत, जयलक्ष्मी कर्मचारी बचत खाता, सुनौलो भविष्य बचत र आवधिक निक्षेपजस्ता खाता सञ्चालन गरिरहेको सहकारीकी कार्यालय प्रमुख शर्मिला काफ्लेले जानकारी दिईन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







