यामाहाले गर्‍यो पोखरामा एएसपी र स्पेयर पार्ट्स भेटघाट कार्यक्रम


     एभरेस्ट आवाज    
     असाेज १२ गते २०८० मा प्रकाशित




पोखरा । यामाहाको नेपाल स्थित आधिकारिक बिक्रेता एम ए डब्लुले एएसपी र स्पेयर पार्ट्स मीट गरेको छ । असोज १० र ११ गरी २ दिनको कार्यक्रम मनोरम सहर पोखरामा गरिएको हो ।

दुई दिन सन्चालित यस विशेष कार्यक्रममा सबै यामाहाका एएसपी संचालक र स्पेयर पार्ट्स प्रदायकहरू निमन्त्रणा गरिएको थियो ।

जसमा एएसपीबाट १२० र स्पेयर पार्ट्स बाट १४० गरी २६० जनाको उपस्थिती रहेको थियो । एम ए डब्लुका सिईओ राजु छेत्री समेतको उपस्थिती रहेको उक्त दुई दिनको कार्यक्रममा नेटवर्किङ, ज्ञान साझेदारी र सहकार्यको बिषयमा अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा एएसपीका सदस्यहरुलाई बिक्री पछि दिईने सेवा, गुणस्तरिय सेवाको बारेमा तालिम दिईएको थियो भने स्पेयर पार्ट्स इन्चार्जलाई इन्भेन्टरी व्यवस्थापनमा तालिम, सवारी साधनको स्थायित्व र सवारको सुरक्षाका लागि वास्तविक स्पेयर पार्ट्सको प्रयोगको महत्त्वको बारेमा पनि तालिम दिईएको थियो ।

पोखरा नेपालकै एक सुन्दर नगरि हो र यो पर्यटकको ठुलो उपस्थिती हुने सहरपनि हो । यहाँ हामीले कार्यक्रम गर्नुको प्रमुख उदेश्य भनेको एएसपी को नेटवर्क लाई अझै बिस्तार गर्नुका साथै स्पेयर पार्टस बिक्रेताहरुको नेटवर्क पनि अझै अगाडि कसरी लैजान सकिन्छ भन्ने विषयको ज्ञान साझेदारी र सहकार्यको लागि हो ।

त्यसका साथै पोखरालाई घुम्नैपर्ने गन्तव्य बनाउने प्राकृतिक सौन्दर्य र आकर्षणहरू अन्वेषण गर्ने मौका पनि पाउने उद्देश्य लिएर कार्यक्रम पोखरामा गरिएको राजु छेत्रीले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।