पोखरा, असोज १५
नेकपा एमाले महासचिव शंकर पोखरेलले त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थलमा सुन समातिदा सत्तापक्षका अनुहार उदाङ्गिने गरेको टिप्पणी गरेका छन् । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन शत्रलाई सोमबार पोखरामा सम्बोधन गर्दै उनले भने,‘एयरपोर्टमा जतिबेला सुन समातिने गर्दछ । सत्तापक्षका अनुहारहरु उदाङ्गिने गर्दछन् ।’
एमाले महासचिव पोखरेलले जुनसुकै भ्रष्टाचार काण्डको अनुसन्धान गरेपनि अन्ततोगत्वा सत्तापक्षकै नेताहरु नै जेल जाने दाबी गरेका छन् । जुनसुकै भ्रष्टाचारका घटनाको छानविन गर्न आफूहरु तयार रहेको बताउँदै उनले भने,‘तर हामी एउटै कुरा भन्दछौं ः हरेक घटनालाई छानविन गर, अन्त्यमा जेल जाने भनेको सत्ताको नेतृत्व गरेका गठबन्धनहरु नै जान्छन्, एमालेकानेताहरु होईन । किनकी भ्रष्टाचार उनीहरुको शासकीय चरित्र हो । उनीहरु भ्रष्टाचारका हिमायतीहरु हुन् ।’
महासचिव पोखरेलले सरकारको संयन्त्रको योजनामा क्वीन्टलका क्वीन्टल सुन तस्करी गर्ने काम भइरहेको आरोप लगाए । यस्तो हुँदापनि सरकार तस्करलाई नियन्त्रण गर्नका लागि निश्पक्ष छानविन गर्नपनि तयार नभएपछि एमालेले दवाब दिनुपरेको उनले बताए । उनले जनता अहिले संकटमा रहेको र उद्योगी तथा व्यापारीहरु समस्यामा पर्दा सत्ता निकट रहेका व्यापारीहरु भने अवैध कारोबार गरेर अरबौंअरब कमाउन सफल भएको दाबी गरे । ‘जनता संकटमा पर्ने, सरकार संकटमा पर्ने, उद्योगी व्यवसायी संकटमा पर्ने तर सत्ताका निकट रहेका व्यापारीहरुले रातारात अरबौं कमाउने कसरी भयो ?’–उनको प्रश्न थियो ।
महासचिव पोखरेलले केपी ओली नेतृत्वको सरकारहुँदा उच्च आर्थिक बृद्धिदर भएपनि अहिले त्यस्तो नहुनुमा गठबन्धन दोषी भएको आरोप लगाए । आज मुलुक चौतर्फी संकटमा छ,उनले भने,‘जनताको जीवन असहज बनेको छ । व्यापार व्यवसाय ठप्प छन् । संकटमा पुगेका छन् । उद्योगी, व्यापारीहरुले दिनदिनै आत्महत्या गर्नुपरिरहेको हामीले सुन्नु परेको छ । त्यसतर्फ वैधानिक ढंगले काम गर्ने उद्योगी, व्यवसायी निरुत्साहित हुने स्थिति पैदा भएको छ ।’ उनले यो गठबन्धन सरकार जनताको सरकार सरकार नभई दलाल नोकरशाहहरुको सरकार भएको आरोप लगाए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र पेन्सन पट्टाको प्रचार तिब्र पारिएको…





