नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताए । अहिले राजतन्त्र जिन्दावाद भन्दै लगाएको नारा कहिलेकाहीं सुनिने गरेको बताउँदै उनले भने,‘गणतन्त्रमा सुधार गर्नुपर्ने कुराहरु धेरै होलान्, कसैलाई गणतन्त्र मन नपर्नपनि सक्छ तर गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन ।’
उपमहासचिव गुरुङले रास्वपा र त्यसका अध्यक्ष रवि लामिछानेलाई चटकेको संज्ञा दिए । राजनीतिमा अहिले एउटा कुनचाहिं चटकेवाल चलिराखेका छन्,उनले भने,‘जसको मुलुकप्रति कुनै दर्शन छैन, योजना छैन,कुनै भिजन छैन, नत कुनै नीति नै छ ।’ नीति बिना देशको विकास नहुने दाबी गर्दै उनले त्यो केवल चटक मात्र हुने टिप्पणी गरे । रविले लोकप्रियतावादमा टेकेर युवाहरुमा भ्रम छरिरहेको उनको आरोप थियो । तर लोकप्रियतावादले देशको विकास नहुने उनले बताए । उनले रवि र रास्वपाको दिग्भ्रमितबाट बच्न आग्रहसमेत गरे ।
उपमहासचिव गुरुङले अझै १० वर्ष अध्यक्ष केपी ओलीको विकल्प नहुने बताए । एमालेमा आगामी अध्यक्षका लागि वर्तमान उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले दाबी गरिरहेका बेला गुरुङले भने,‘विगतमा बहुकेन्द्रहुँदा पार्टीमा समस्या रह्यो,अहिले फेरी त्यहि नियति दोहो¥याउनु हुँदैन ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र पेन्सन पट्टाको प्रचार तिब्र पारिएको…





