सुनचाँदीको भाउ निरन्तर ओरालो लाग्दै: आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस


     एभरेस्ट आवाज    
     असाेज १६ गते २०८० मा प्रकाशित




सुनचाँदीको भाउ आज पनि घटेको छ ।

आज एक हजार तीन सय रुपैयाँले घटेर सुन तोलाको एक लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि सुन तोलाको सय रुपैयाँ घटेर एक लाख सात हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरि , आज चाँदीको भाउ पनि ३० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको एक हजार तीन सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।