एमाले गण्डकीको पदाधिकारीमा पृथ्वी सुब्बा समूहका सबै बिजयी, खगराज समूह निल


     एभरेस्ट आवाज    
     असाेज १९ गते २०८० मा प्रकाशित




पोखरा, असोज १८

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन् । एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ समूहका शर्माले प्रतिष्पर्धी खगराज समूहका मायानाथ अधिकारीलाई १ सय ६६ मतान्तरले पराजित गर्दै शर्मा पुनः अध्यक्षमा चयन भएका हुन् । अध्यक्षमा निर्वाचित शर्माले ५ सय ३१ मत प्राप्त गर्दा पराजित अधिकारीले ३ सय ६५ मत प्राप्त गरे । अध्यक्षमा निर्वाचित शर्मा एमाले गण्डकीका तदर्थ समितिका अध्यक्ष हुन् ।

उपाध्यक्षमा पिएस समूहकै मीनबहादुर गुरुङ निर्वाचित भए । उनले प्रतिष्पर्धी खगराज समूहका बाबुराम विकलाई १७२ मतान्तरले पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचित गुरुङले ५३४ मत प्राप्त गरे भने पराजित विकले ३६२ मत प्राप्त गरे । सचिवमा पिएस समूहका धनञ्जय दवाडी निर्वाचित भए । उनी प्रतिपष्पर्धी खगराज समूहका रश्मि आचार्यलाई १४४ मतान्तरले पराजित गर्दै बिजयी भए । बिजयी दवाडीले ५२० मत प्राप्त गर्दा पराजित आचार्यले ३७६ मत प्राप्त गरे । उपसचिवमा पिएस समूहका दामबहादुर विक विजयी भए । पिएस समूहका सन्तोष रावललाई १०२ मतान्तरले पराजित गर्दै विक बिजयी भए । बिजयी विकले ४९९ मत प्राप्त गर्दा पराजित रावलले ३९७ मत प्राप्त गरे । उपसचिव महिलामा पिएस समूहका मञ्जु अधिकारी प्यासी बिजयी भईन् । उनी खगराज समूहकी मीना गुरुङलाई १६६ मतान्तरले पराजित गर्दै बिजयी भएकी हुन् । बिजयी अधिकारीले ५३१ मत प्राप्त गर्दा पराजित गुरुङले ३६५ मत प्राप्त गरिन् ।

सदस्यमा भने मिश्रित नतिजा आएको छ ।

विहीबार भएको मतदान राती अवेर सकिएपछि मतगणना शुक्रबार विहानसम्म गरिएको थियो । विहीबार भएको मतदानमा ८ सय ९६ मत खसेको थियो । एमाले गण्डकीमा कुल ९०७ प्रतिनिधि थिए । तर अन्यले मतदान गरेनन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।