चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपालले महिला भलिबलमा सान्त्वना जित हासिल गरेको छ । नेपालले मङ्गोलियालाई ३–२ सेटले पराजित गरेको हो । जितसँगै नेपाल जारी प्रतियोगितमा ११औँ स्थानमा रहन सफल भएको छ । महिला भलिबलमा १३ मुलुक सहभागी भएका थिए ।
आजको खेलमा पहिलो सेट मङ्गोलियाले २५–१७ अङ्कले जित्यो । दोस्रो सेटमा भने नेपाल २५–१८ अङ्कले विजयी भयो । तेस्रो सेटमा पनि नेपाल २५–२१ अङ्कले विजयी बन्यो । चौथो सेटमा मङ्गोलियाले नेपाललाई २५–१८ अङ्कले उछिन्यो । अन्तिम सेटमा नेपाल १५–१२ अङ्कले विजयी बन्यो ।
यसअघि शुक्रबार भएको खेलमा नेपाल हङकङसित ३–० को सोझो सेटमा पराजित भएको थियो । हङकङले नेपाललाई २५–२२, २५–१६ र २५–१८ अङ्कले पराजित गरेको थियो । यस्तै बुधबार भएको खेलमा नेपाल भारतसित ३–१ सेटले पराजित भएको थियो । भारत उक्त खेलमा २५–२३, २६–२८, २५–२३ र २५–१७ अङ्कले विजयी भएको थियो ।
यसअघि नेपाल समूह चरणको पहिलो खेलमा भियतनामसित ४–२५, १६–२५ र १३–२५ अङ्कले तथा दोस्रो खेलमा दक्षिण कोरियासित २१–२५, १४–२५ र ११–२५ अङ्कले पराजित भएको थियो । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







