असोज २५ काठमाण्डौं । विश्वकप छनोट २०२६ को प्रारम्भिक चरणअन्तर्गत पहिलो खेलमा नेपाल र लाओसले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
त्रिपुरेश्वरस्थित दथरथ रङगशलामा भएको खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै एक–एक अङ्क बाँडेका हुन् ।
खेलमा लोओसले पहिलो हाफमा अग्रता लियो । खेलको ३३औँ मिनेटमा लाओसका कप्तान बाउलपछान बोयनकोङले गोल गर्दै लाओसलाई सुरुआती अग्रता दिलाए । उनले चोनी वेनपासेर्थको पासमा नेपाली खेलाडीलाई छक्याउँदै गोल गर्न सफल भए । सुरुमा नेपालका अनन्त तामाङलाई छलाएका उनले तीन नेपाली खेलाडीलाई ‘बिट’ गर्दै सुन्दर गोल गरे ।
खेलको ४९औँ मिनेटमा नेपालका अन्जन विष्टले बराबरी गोल फर्काए । उनले एरिक विष्टको कर्नरमा हेडर गोल गरेका हुन् ।
पहिलो चरणको विश्वकप छनोट दुई लेगको फम्र्याटमा खेलाइएको हो । जसअन्तर्गत नेपाल र लाओसबीचको दोस्रो लेगको खेल यही असोज ३० गते लाओसमा हुनेछ । यस खेलको विजेता विश्वकप छनोटको दोस्रो चरणमा पुग्नेछ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







