तमु धिँ नेपालको अध्यक्षमा पुनः हुम तमु


     एभरेस्ट आवाज    
     असाेज २८ गते २०८० मा प्रकाशित




पोखरा, असोज २८

तमु धिँ नेपालको अध्यक्षमा पुनः हुमबहादुर तमु चयन भएका छन् । तमु धिँ नेपालको आईतबार सम्पन्न ३९ औं साधारण सभा तथा १६ औं महाधिवेशनले तमुलाई सर्वसम्मत रुपमा दोश्रो कार्यकालका लागि पुनः अध्यक्षमा चयन गरेको हो । पर्वत स्थायी घर भई पोखरा–१४ चाउथे निवासी गुरुङ पत्रकारपनि हुन् ।

तमु धिँ नेपालको बरिष्ठ उपाध्यक्षमा सुवेदार मेजर श्रीप्रसाद गुरुङ, प्रथम उपाध्यक्षमा गिमाया गुरुङ, द्वितीय उपाध्यक्षमा नारायण गुरुङ, महासचिवमा अधिवक्ता जुनाकुमारी गुरुङ चयन भएका छन् ।

त्यस्तै, सचिवमा जुमकाजी गुरुङ, सहसचिवमा गोपाल गुरुङ, कोषाध्यक्षमा गमबहादुर गुरुङ र सहकोषाध्यक्षमा सुवेदार तुलबहादुर गुरुङ चयन भएको जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।