‘कोशी प्रदेशको राजनीतिक सङ्कट समाधान भयो’ : मुख्यमन्त्री कार्की


     एभरेस्ट आवाज    
     असाेज २८ गते २०८० मा प्रकाशित




असोज २८ मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो नेतृत्वमा प्रदेश सरकार गठन भएसँगै राजनीतिक सङ्कट समाधान भएको बताएका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा आज पद तथा गोपनीयताको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेशमा मध्यावधि निर्वाचन हुने सम्भावना सरकार गठनसँगै टरेको बताए ।

मुख्यमन्त्री कार्कीले प्रदेशमा शान्ति, सद्भाव र समुदायबीच सौहार्द्रपूर्ण वातावरण कायम राख्नु सरकारको प्रमुख प्राथमिकता भएको बताउँदै त्यसका लागि छलफल, संवाद एवं वार्ताद्वारा समस्या समाधान गर्नुपर्नेमा जोड दिए । उनले सबै पक्षसँग सहमति कायम गरेर आफू काम गर्न प्रतिबद्ध रहेको बताए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।