गुगल फोटो
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा घरेलु मैदानमा हुने त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको लागि आज १८ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।
छनोट हुने टोलीमा कप्तान पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, विनोद भण्डारी, कुशल मल्ल र गुल्सन झा प्रतिश जिसी, करण केसी, सन्दीप जोरा, श्याम ढकाल ९मौसम०, ललितनाराण राजवंशी, विवेक यादव, अविनाश बोहरा, सागर ढकाल, सूर्य तामाङ र लोकेश बम छन् ।
उक्त प्रतियोगितामा सन्दीप लामिछाने भने हुने छैनन् । उनले आफू मानसिक दबाबमा रहेको र परिवारलाई समय दिने भन्दै आफ्नो नाम यसअघि नै फिर्ता लिएका थिए ।
प्रतियोगिता आगामी कत्तिक १ देखि १० गतेसम्म मूलपानी क्रिकेट मैदान र कीर्तिपुरस्थित त्रिभुवन विश्वद्यिलयको क्रिकेट मैदानमा हुनेछ ।
उक्त प्रतियोगितामा नेपालसहित, संयुक्त अरब इमिरेट्स (युएई) र हङकङ गरी तीन टोलीको सहभागिता हुनेछ । नेपालले कात्तिक १ गते युएईसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







