लाओसलाई पराजित गर्दै नेपाल विश्वकप फुटबलको दोश्रो चरणमा प्रवेश


     एभरेस्ट आवाज    
     असाेज ३० गते २०८० मा प्रकाशित




असोज ३० काठमाण्डौं । नेपाली राष्ट्रिय फुटबल टोलीले लाओसलाई पराजित गर्दै फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।

लाओसको वियनतियानेस्थित राष्ट्रिय रङ्गशालामा भर्खरै सम्पन्न खेलमा नेपालले लाओसलाई १–० गोलअन्तरले पराजित गर्दै विश्वकप छनोटको दोस्रो चरणमा पुगेको हो । नेपालको जीतमा मनिष डाँगीले निर्णायक गोल गरे । उनले खेलको ५३ औँ मिनेटमा गरेको एक गोल नै नेपालको लागि निर्णायक गोल सावित भयो । मनिषले अञ्जन विष्टको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् ।

नेपालमा भएको पहिलो चरणको खेलमा नेपाल र लाओसले १–१ गोलको बराबरी खेलेका थिए । नेपालले अब विश्वकपको दोस्रो चरणअन्तर्गत समूह एचमा रहेका युएई, बहराइन र यमनसँग प्रतिस्पर्धा गर्नेछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।