दसैँ बिदामा पनि पनि राष्ट्रिय मानवअधिकार आयोग खुल्ने


     एभरेस्ट आवाज    
     कार्तिक २ गते २०८० मा प्रकाशित




कार्तिक २ काठमाण्डौं। दसैँ बिदामा पनि राष्ट्रिय मानवअधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय बिहान ११ः०० देखि दिउँसो २ः०० बजेसम्म खुला रहने भएको छ ।

आमनागरिकको मानवअधिकार संरक्षणलाई दष्टिगत गरी राखी बिदाका दिनमा पनि कार्यालय बन्द नगर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

आयोगले उक्त अवधिमा मानवअधिकार उल्लङ्घनका घटनामा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनाको अनुगमन गर्ने बताएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।