दशैअघि नै निर्माण व्यवसायीको ६ अर्ब रुपैयाँ भुक्तानी हुने


     एभरेस्ट आवाज    
     कार्तिक २ गते २०८० मा प्रकाशित




कार्तिक २ पोखरा । गत आर्थिक वर्षमा दायित्व सिर्जना भइ भक्तानी बाँकी रहेको निर्माण व्यवसायीहरुको रु ६ अर्ब भुक्तानी हुने भएको छ ।

निर्माण व्यवसायीको भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय गरी सम्बन्धित कार्यालयमा परिपत्र गरिसकेको छ । उक्त भुक्तानी दसैँअघि नै निर्माण व्यवसायीका खातामा जाने गरी व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले विभिन्न मन्त्रालय अन्तर्गतका परियोजनामा अघिल्लो आवको दायित्व भुक्तानी निकासा दिने निर्णय भएको जानकारी दिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।