पोखरा, ६ कार्तिक ।
सहिद थमन परियारको १९ औं स्मृति सभा सम्पन्न भएको छ । वि।सं। २००७ सालमा कास्की जिल्लाको माझठानामा जन्मिएका परियार पत्रकार, कलाकार, राजनीतिज्ञ तथा दलित आन्दोलनका अगुवाका रुपमा समेत परिचित थिए ।
थमन परियार स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न उक्त सभामा प्रमुख अतिथि राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष कोमलनाथ बरालले श्रद्धाञ्जली मन्तव्य राख्दै सहिद थमन परियारका विभिन्न आयामहरु उपर चर्चा गरेका थिए । त्यसैगरी संस्थाका सल्लाहकार झलकपाणी तिवारी, पूर्ण गिरी, यज्ञ तिवारी, मंगल बहादुर नेपाली लगायतका वक्ताहरुले श्रद्धाञ्जली मन्तव्य राखेका थिए भने भीम रानाले कवितामार्फत सहिद प्रति श्रद्धान्जली व्यक्त गरे ।
सहिद थमन परियार स्मृति पार्क, ढुङ्गेथान, माझठानामा सम्पन्न उक्त सभाको अध्यक्षता प्रतिष्ठानकागरेका थिए भने संचालन सन्तोष परियारले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







