प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता


     एभरेस्ट आवाज    
     कार्तिक १० गते २०८० मा प्रकाशित




कार्तिक १० काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा संयुक्त राष्ट्रसङ्घका महासचिव तथा कतारका राजाको नेपाल भ्रमणका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो भेटमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका बारेमा पनि छलफल भएको बताइएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।